जनताको आधारभूत आवश्यकतालाई पूरा गर्ने उम्मेदवार गुरुङको उद्घोष

पाेखरा | कात्तिक १७, २०७९

जनताको आधारभूत आवश्यकतालाई पूरा गर्ने उम्मेदवार गुरुङको उद्घोष

 

पोखरा । कास्की क्षेत्र नं. ३ (क) बाट नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार गणेशमान गुरुङले आफूले जनताको आधारभूत आवश्यकतालाई पूरा गर्ने उद्घोष गरेका छन् । जनताको सुख, दुःखमा सधैं साथ रहेको भन्दै उनले आफूले स्थानीय आवश्यकतालाई नजिकबाट बुझेको बताए । 


कास्की ३ क अन्तर्गत माछापुच्छ्रे गाउँपालिकाका वडा नम्वर २,३,४ लगायतका विभिन्न वडाहरुमा भएको घरदैलो कार्यक्रममा उनले उत्पादन र रोजगारी वृद्धिलाई आफूले प्राथमिकतामा राखेको उल्लेख गरे । उम्मेदवार गुरुङले पार्टीकोे प्रतिवद्धतापत्रमा पूरा गर्न सकिने कुराहरु मात्र आएको बताउँदै आफनो पार्टीले कहिल्यै ठुला र झुटा आश्वसन नदिने बताए ।


घरदैलो कार्यक्रममा नेकपा (एमाले), गण्डकी प्रदेश सचिवालय सदस्य दीपक पौडेल, केन्द्रीय संस्कृति विभाग सदस्य, विम्ब कवि रमेश श्रेष्ठ, क्षेत्र नं. ३ (क) निर्वाचन परिचालन कमिटीका संयोजक विष्णु केसी, वडा कमिटी इञ्चार्ज दामोदर शर्मा रिमाल, वडा कमिटीका अध्यक्ष रामविक्रम राणा, उपाध्यक्ष सहारा प्रधान, सचिव राधा बराल अधिकारी लगायत सहभागी छन् । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्